Techie IT
बिहीबार, वैशाख १७,२०८३

कक्षा १२ मा ३.९६ जीपीए सहित हेराल्डका सविन कटवाल नेपाल टपर बने


१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । जसमा बसुन्धारामा अवस्थित हेराल्ड इन्टरनेशनल कलेजमा अध्ययनरत सविन कटवालले नेपाल टपर गरी ३.९६ जीपीए प्राप्त गरेका छन् ।

हेराल्ड कलेजबाट २०८० सालको कक्षा १२ को एनइबीको परिक्षामा ११५० विद्यार्थी सहभागी भएका थिए ।

आज सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी÷अनुत्तीर्ण) भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कक्षा १२ मा ३.९६ जीपीए सहित हेराल्डका सविन कटवाल नेपाल टपर बने


तपाईको कमेन्ट लेख्नुहोस्