नेप्सेमा सामान्य करेक्सन, जानकार भन्छन् ‘बजार बुलिस ट्रण्डमै भएकाले राम्रा कम्पनीमा लगानी गर्ने अवसर’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.२९ अंकले घटेर २ हजार ७५५.६२ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४९२.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘निरन्तर बढिरहेको बजारमा आजको करेक्सनलाई सामान्य रुपमा लिन सकिन्छ । यद्यपी बजार बुल ट्रेण्डमै छ । संस्थागत लगानीकर्ताका लागि २० करोडको क्याप हटाएर राष्ट्र बैंकले पूँजीबजारमैत्री नीति लिएको देखिन्छ । यस्तै कर्जाको दायरा बढाउने गरी मौद्रिक नीति आएको छ । यस्तै कारणले गर्दा बजार अझै बढ्ने देखिन्छ ।’
बजारमा यतिबेला केही सीमित कम्पनी बाहेक अधिकांश कम्पनीको सेयरमूल्य अन्डरभ्याल्यड रहेको रजौरेले बताए । त्यसैले वित्तीय अवस्था राम्रा भएका कम्पनीमा लगानी गर्ने अवसर अझै बाँकी रहेको उनको ठम्याई छ ।
अर्का बजार जानकार प्रेम ओली भन्छन्,‘आजको घटाईलाई सामान्य करेक्सन मान्न सकिन्छ । ठूलो कारोबारले बजारलाई साथ दिईरहेको छ । सातामा करिब १ खर्बको कारोबार हुनुले बजारको बलियो अवस्थालाई दर्शाएको छ ।’
आज व्यापार समूह सर्वाधिक अर्थात ३.५४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.३९ प्रतिशत,विकास बैंक ०.७९,हाईड्रो १.९०,उत्पादन तथा प्रशोधन १.०४,लघुवित्त ०.८२ र अन्य समूह ०.२२ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ७५ लाख बढीको सेयर कारोबार भयो । शिवम् सिमेन्टको आज ४३ करोड ८१ लाख,सिईडिबि हाईड्रोको ४२ करोड ५६ लाख,नेपाल फाइनान्सको ४१ करोड ६७ लाख र निफ्राको ४१ करोड ४२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाईड्रो डेभलपर्स,शुभम् पावर ,सिटी होटल,कुथेली बुखरी स्मल हाईड्रो,प्रोग्रेसिभ फाइनान्स,नेपाल फाइनान्स र सानिमा माई हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।
यस्तै आज मकर जितुमाया सुरीको सेयरमूल्य ९.३२ प्रतिशत,गोर्खाज फाइनान्सको सेयरमूल्य ८.५१ प्रतिशत,श्री इन्भेष्टमेन्टको ८.२७ र निफ्राको सेयरमूल्य ७.४७ प्रतिशतले बढ्यो ।
यो दिन पिपुल्स हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.१३ प्रतिशतले घट्यो । रसुवागढी हाईड्रोको सेयरमूल्य ७.०९ प्रतिशत,अपर सोलु हाईड्रोको ६.७० र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ६.५५ प्रतिशतले घट्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जानकार भन्छन् ‘बजार बुलिस ट्रण्डमै भएकाले राम्रा कम्पनीमा लगानी गर्ने अवसर’, #नेप्सेमा सामान्य करेक्सन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्