नेप्सेको हरियालीले लगानीकर्तामा उत्साह- १६ दिनमै करिब २८ हजारले खोले डिम्याट
काठमाडौ । पछिल्लो केही दिनयता शेयर बजारमा रौनक देखिएको छ । बुधबारमात्र नेप्सेको कारोबारले इतिहास रच्यो । यो दिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रूपैयाँ बराबरको शेयर कारोबार भयो ।
योसँगै शेयर बजारमा नवप्रवेशी लगानीकर्ताको संख्या पनि बढेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ६३ लाख ३९ हजार ५ सय ७१ जनाले डिम्याट खाता खोलेका छन् । साउन लागेयता मात्र १६ दिनमा २७ हजार ८६६ जनाले डिम्याट खोलेको प्रवक्ता सुरेश न्यौपानेले बताए ।
हालसम्म डिम्याटमा १२ अर्ब ६६ करोड ५१ हजार ३५ लाख ७ सय ६८ किता शेयर रहेको छ । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ६३ लाख ११ हजार ७ सय ५ थियो जसमा महिला २६ लाख ७६ हजार ३ सय १४ जना थिए भने पुरुष ३६ लाख २७ हजार ८ सय ५३ थियो । यस्तै ४७ जना तेस्रो लिङ्गी पनि डिम्याट खाता रहेको देखिन्छ । यता कर्पोरेट खाता भने ७ हजार ४ सय ९१ रहेको छ ।
यस्तै मेरो शेयर लिनेहरू भने ५३ लाख ९४ हजार ९ सय ९० पुगेको छ । तर, ती सबै सक्रिय भने छैनन । तीमध्ये ३६ लाख ७२ हजार ७ सय ८९ मात्र सक्रिय रहेको सीडीएससीले जनाएको छ । दोस्रो बजारमा हालसम्म १३ अर्ब ४० करोड ७७ लाख ८५ हजार ७ सय ९६ कित्ता शेयर सूचीकृत छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेप्सेको हरियालीले लगानीकर्तामा उत्साह- १६ दिनमै करिब २८ हजारले खोले डिम्याट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्