Techie IT
सोमबार, चैत्र ३०,२०८२

बुढानीलकण्ठले करमा १५% देखी ४०% सम्म छुट दिने


बुढानीलकण्ठ नगरपालिकाको आर्थिक ऐन, २०८१ मा विभिन्न शिर्षकहरुमा कर छुटको व्यवस्था भएकाले समयमै कर तिरी छुटको उपयोग गर्नुहुन सम्बन्धीत करदाताहरूको जानकारीका लागि नगरपालिका राजश्व व्यवस्थापन शाखाले सूचना प्रकाशित गरेको छ ।

सूचनामा उल्लेख भए अनुसार चालु आ.व. २०८१/८२ को सम्पत्ति कर, भुमिकर, घरबहाल कर र व्यवसाय कर प्रथम चौमासिक भित्र तिर्न आएमा १५ प्रतिशत छुट दिने प्रावधान ल्याएको छ ।

साथै, आ.व. २०७०/०७१ सम्मको सम्पत्ति करको बक्यौता चालु आ.व. को प्रथम चौमासिक सम्म चुक्ता गर्न आएमा चालिस प्रतिशत (४०%) छुट दिने व्यवस्था गरिएको छ ।

यस्तै आ.व. २०८०/०८१ को एकमुष्ट वार्षिक घर जग्गा बहाल कर चालु आ.व. को भदौ मसान्त सम्म चुक्ता गर्न आएमा सो वक्यौतामा लाग्ने जरिवाना नगरपालिकाले छुट दिने छ ।

एकल महिला, अपाङ्गता भएका व्यक्ति एवम् लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको समूह/व्यक्तिद्वारा सञ्चालित व्यवसाय दर्तामा लाग्ने कुल रकममा पचास प्रतिशत (५०%) छुट दिने सूचनामा उल्लेख छन् ।

कुन-कुन शिर्षकमा छुट छन्? हेर्नुहोस्….


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बुढानीलकण्ठले करमा १५% देखी ४०% सम्म छुट दिने


तपाईको कमेन्ट लेख्नुहोस्