जोरपाटीमा ग्याङ फाइट, एक युवाको मृत्यु
काठमाडाैं, १८ भदाै । काठमाडौंको जोरपाटीमा दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राई रहेका छन् ।
मृतक सञ्जयको छातिमा गहिरो चोट लागेको थियो । सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
के कारणले झगडा परेको थियो भन्ने खुलेको छैन् । दुई समूहबीच जम्काभेट भएसँगै झगडा शुरु भएको जनाइएको छ ।
पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।
दुबै जनालाई बुधबार बिहान कपन क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ग्याङ फाइट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्