प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, ८ साउन । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ । आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।
यसैगरी, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा सांसद प्रतिमा गौतमले डेंगुको प्रकोपबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा बैठक बस्दै, #यस्तो छ सम्भावित कार्यसूची
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्