दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, २१ चैत । संघीय संसदअन्तर्गत दुवैको सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय सभामा आज अध्यक्षले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने सम्भावित कार्यसूची रहेको छ भने आजको बैठकमा अध्यक्षले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको मनोनयन र हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुवै सदनको बैठक, #यस्तो छ सम्भावित कार्यसूची
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्