Techie IT
आईतबार, वैशाख २८,२०८२

कृष्णबहादुर महरासँग आज पनि बयान लिइँदै


काठमाडौं, ८ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ ।

कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उहाँसँग बयान सुरु भएको र आज पनि बयान लिइने जानकारी दिनुभयो ।

उहाँलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उहाँलाई नर्भिक अस्पतालमा राखिएको छ ।

उहाँलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्णबहादुर महरासँग आज पनि बयान लिइँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:14 am6:45 pm +0545