त्रिविको जग्गा अतिक्रमण गरेको विद्यालयको कम्पाउण्ड भत्काइयो

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालयका जग्गा अतिक्रमण गरेर बनाएको ल्याब्रोटरी विद्यालयको कम्पाउण्ड भत्काएउको छ । त्रिवि स्ववियुको पहलमा विद्यालयको पक्कि कम्पाउण्ड भत्काइको हो ।
त्रिविले विद्यालयलाई अयन्त्र स्थानान्तरण गर्न पटक पटक आग्रह गर्दा पनि नमानेको र उल्टै पक्कि कम्पाउण्ड बनाएको थियो । स्ववियुका सचिव सिद्धान्त भट्टले विद्यालयलाई पटक पटक स्थानान्तरण गर्न आग्रह गर्दा समेत नटेरि उल्टै कम्पाउण्ड बनाएकोले भत्काएको बताए । उनले विद्यालयले लगाएको तारवार उखेलेर त्रिविका उपकुलपति समक्ष बुझाएको बताए । उक्त विद्यालय विगत दुई दशकदेखि गैरकानूनी रुपमा त्रिविको जग्गा हडपेर बसेको थियो ।
विद्यालयले त्रिवि र बन कार्यालयको अनुमति विना नै रुख काटेर तारवार गरेको थियो । उनले त्रिविको सम्पत्ति संरक्षण गर्न जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने बताए । यसैगरी त्रिविले समेत जङ्गलको रूखहरू फडानी गरेर तारजालीको बार लगाउने कार्य तत्काल रोक्न भनेको छ ।
रजिस्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठले एक पत्र लेख्दै उक्त कार्य रोक्न भनेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिविको जग्गा अतिक्रमण गरेको विद्यालयको कम्पाउण्ड भत्काइयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्