कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र मिलेन

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद यादवले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताउनुभयो । उहाँले कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताउनुभयो । वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी पार्टी माओवादी केन्द्र रहेको बताउनुभयो ।
‘‘मङ्सिर ४ गतेको कुरा गर्नुभयो । त्यतिबेला गठबन्धन बन्दा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बिचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो ? एउटा विश्वासको भरमा त्यो चुनामा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ । नेकपा माओवादी केन्द्रसँग उहाँहरूले जुन गठबन्धन बनाउने प्रयास गर्नुभयो त्यसबाट पनि माओवादीलाई धोका भएको छ ।,’’ सांसद यादवले भन्नुभयो, ‘‘वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी पार्टी माओवादी र नेपाली कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो । उहाँहरूको अहिले पनि गतिविधिले यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर तयार छैन । विगतको गठबन्धन भनेको अप्राकृतिक थियो । अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले देशको आवश्यकताको हो । जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ । नेपाली कांग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन । मिलेको पनि थिएन । अहिले गोत्र मिलेको छ । यो प्राकृतिक गोत्र हो । यसले मुलुकलाई हित गर्छ ।’’
उहाँले अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले देशको आवश्यकता भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गठबन्धनमा गोत्र मिलेन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्