एमाले टोखा ७ को अधिवेशनमा ईश्वर पोखरेलको उद्घोष : अब एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन्
काठमाडौं, १३ माघ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने बताउनुभएको छ ।
शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा उहाँले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने बताउनुभयो ।
गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिले एमाले एकातर्फ र अन्य सबै पार्टी एकतर्फ पोको परेका छन् । देखिने नदेखिने साथै देशभित्रका र बाहिरका सबै मिलेर एमालेलाई सकाउने योजनामा छन् । तर त्यो सफल हुँदैन् । एमाले बाहेकको पार्टीले यो देश चलाउन सक्दैन । अहिले देखापरेका दलहरुको पृष्ठभूमि के हो, कहाँ, कसरी जन्मिएको हो ठेगान छैन्, भोली देश कस्तो बनाउने भन्ने कुराको पनि मार्गचित्र छैन् ।’
नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने बताउँदै उहाँले कसैले त्यस्तो गर्यो भने त्यो एमाले हुन नसक्ने जिकीर गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्