एमालेको संकल्प र योजना जारी रहनेछ , औपचारिक कार्यक्रम मात्रै सकिएको हो : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संकल्प यात्राको औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी नै रहेको बताएका छन् ।
झुलाघाट चिवाभञ्ज्याङ यात्रा समापनपछि उनले जनताका माझमा एमाले सधैं रहने र जनतासँगको सम्बन्धलाई गाढा बनाइराख्ने बताए ।
प्रचूर सम्भावना हुंदाहुंदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयांस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेल्ने उनले बताएका छन् ।
उनले फेसबुकमार्फत भनेका छन्- यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई हामी छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने छौं ।
शान्तपूर्ण तरिकाले एमालेले मुलुक र आम जनताका भोगाई बुझ्न जनतामाझ असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको उनले बताएका छन् ।
उनले भनेका छन्- सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका विचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस विचमा नियाल्ने मौका पाएका छौं । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ । कुनै पनि विशाक्त तथा मुलुक र नेपाली जनताको हीत विपरितका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढंगले उभिरहनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : ##उपप्रधानमन्त्री ईश्वर पोखरेल, #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्