भाइटीका लगाउँदाका विधि तथा मान्यताहरु

काठमाडौं । तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी वा पञ्चरंगी टीका लगाएर मनाउने गरिन्छ ।
भाइटीका लगाउँदा को कुन दिशामा फर्केर बस्ने भन्ने विधि पनि महत्वपूर्ण हुन्छ । भाइटीका लगाउनुअघि र लगाउँदा के कसरी गर्ने भन्ने विधि शास्त्रीय मान्यताका आधारमा गरिन्छ ।
यसवर्ष टीका लगाइमाग्ने व्यक्ति ९दाजुभाइ० पूर्व फर्किएर बस्ने र टीका लगाइदिने व्यक्ति ९दिदीबहिनी० पश्चिम फर्किएर दाजुभाइलाई टीका लगाइ दिनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्रा। डा। माधवप्रसाद भट्टराईले बताउनुभयो ।
विशेषगरि कता फर्किने भन्ने कुराको निर्धारण चन्द्रमाको अवस्था हेरेर हुने उहाँले बताउनुभयो ।
यस्तै विधिपूर्वक भाइटीका लगाउँदा सुरुमा दियो, कलश र गणेशको पूजा गर्ने र त्यसपछि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । अष्टचिरञ्जीवीको पूजा दाजुभाईको दीर्घायूको कामना गर्न गरिन्छ ।
यसैगरि चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ । साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूर्जा गर्नु पर्दछ । पूजा गरिसकेपछि दिदीबहिनीले दाजुभाइलाई बीचमा राखेर जल र तेलको धाराले घेर्नुपर्छ र यो घेराको धारा नटुटेको हुनुपर्छ ।
यसपछि ढोकामा ओखर फुटाउने गरिन्छ । ओखर फुटाउनुको अर्थ अनिष्ट तत्व घरभित्र नपसोस् र दाजुभाइलाई कुनै पनि अनिष्टले दुःख नदिओस भन्ने हो । दाजुभाइको आयु लामो होस् भनेर यमराजसँग कामना गर्दै उनीहरुको निधारमा सप्तरंगी अथवा पञ्चरंगी टीका लगाउनु पर्छ ।
खासगरि तिहारमा रातो, निलो, पँहेलो, हरियो र सेतो रंगको टीका लगाउने परम्परा छ । दाजुभाइलाई सात अथवा पाँच रंगको टीका लगाइदिएपछि उनीहरूलाई सगुनको रूपमा खानेकुरा दिनुका साथै विभिन्न फलफूल, मसला, सेलरोटीलगायतका मीठामीठा परिकार खुवाउने र उपहार दिने चलन छ ।
यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने गरिन्छ ।
साइतमा टीका लगाउनेका लागि यस वर्ष भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भाइटीका लगाउँदाका विधि तथा मान्यताहरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्