कोटेश्वरमा तीन सवारी साधन ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं, कोटेश्वर — काठमाडौंको कोटेश्वरमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा परेर नुवाकोट घर भई हाल ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो। उनी पछाडि सवार मोटरसाइकलमा थिइन्।
प्रहरीका अनुसार २७ वर्षीय पदम थापामगर मोटरसाइकल चालक हुन्। दुर्घटनामा उनीसहित भ्यानका चालक शान्तिनगर निवासी रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्।
घटनामा बा ३ ख ७०६२ नम्बरको बसले सडकमा रोकिराखेका दुई सवारी — बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई बिहान ६:३५ बजे ठक्कर दिएको हो।
बसले रातो बत्ती बलेको अवस्थामा रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
घटनापछि इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय बस चालक रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोटेश्वरमा तीन सवारी साधन ठोक्किँदा एकको मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्