नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालोपट्टी बाँधेर फाइनल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्धको फाइनल खेल कालोपट्टी बाँधेर खेल्ने भएका छन्।
शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा नेपाली टोलीले कालोपट्टी बाँधेर खेल्न लागेको हो। टोलीले पाखुरामा कालोपट्टी बाँधेर खेल्न लागेका हुन्।
नेपाल क्रिकेट संघले आजको खेलमा टिकट बिक्रीबाट आएको ५० प्रतिशत रकम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने घोषणा गरिसकेको छ।
आईसीसी टी(२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपालले सेमिफाइल खेलेको टोलीबाट आजको खेलमा एक परिवर्तन गरेको छ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा टोलीमा फर्किएका छन्।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालोपट्टी बाँधेर फाइनल खेल्ने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्