Techie IT
शनिबार, वैशाख २७,२०८२

जाजरकोटमा चार घण्टाको अवधिमा थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प

भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर मुनि केन्द्र


कात्तिक । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पपछि चार घण्टाको अवधिमा थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गइसकेका छन् ।

राति चार पटक ६.४, ४.८, ४.२, र ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अरु साना दर्जनौं परकम्पहरू गएका छन् । राति ११ बजेर ४७ मिनेटमा सबै भन्दा ठूलो मापन गरिएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर मुनि केन्द्र रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #जाजरकोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:44 pm +0545