Techie IT
शुक्रबार, वैशाख २६,२०८२

गोरखा नगरपालिकाबाट पाँच जुवाडे पक्राउ, ५५ हजार नगद बरामद


गोरखा नगरपालिका–४ पिपलथोकबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।
स्थानीय लालप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार साँझ करिव सात बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, दिनेश गुरुङ, सोही स्थानका प्रकाश कुँवर, सुन्दर राना मगर र गोरखा नगरपालिका वडा नम्वर २ ताप्लेका सुरज मिया रहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

उनीहरुको साथबाट ५५ हजार ५ सय १५ रुपैया नगद सहित तीन बुक तास बरामद गरिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #५५ हजार नगद बरामद, #hot, #गोरखा नगरपालिकाबाट पाँच जुवाडे पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545