उखु किसानलाई अनुदान दिन माग

काठमाडौँ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा माछा, दूध, मल र चिनीको विक्री वितरणमा रहेका समस्याका सम्बन्धमा छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बजारमा चिनी अभाव भएको मौकामा व्यापारीहरूले चर्को मूल्य लिएर सर्वसाधारणलाई ठगी गरेकाले तत्काले कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले वर्षैपिच्छे उखु किसानले भुक्तानी नपाएका कारण चिनी उत्पादन हुन नसकेको भन्दै चिनीका लागि चाहिने कच्चा पर्दाथ उत्पादन गर्ने किसानलाई राज्यले दिने सहुलियत ऋण र अनुदान बढाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरेले कृषिलाई उच्च प्राथमिकतामा राखेर सरकारले बजेट बिनियोजन गरेको बताउनुभयो ।
त्यसैगरी वाणिज्य सचिव मुकुन्द प्रसाद निरौलाले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण तेस्रो मुलुकबाट चिनी आयात गर्दा महँगो परेको बताउँदै स्वदेशमै चिनी उत्पादनलाई बढवा दिने गरी सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।
बैठकमा गृहसचिव दिनेश भट्टराईले प्रहरी प्रशासनले सम्पूर्ण चोरी निकासी पैठारी नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै तोकिएको नाकाबाट कानूनी रुपमा चिनी, माछा लगायतका खाद्य वस्तु आयत निर्यात गर्न कडा रुपमा सुरक्षा चेक जाँचलाई अनिवार्य गरिएको जानकारी दिनुभयो ।
बैठकमा कृषि मन्त्रालयका सचिव डाक्टर रेवतीरमण पौडेलले नेपालमा माछा उत्पादन वृद्धि भए पनि गुणस्तरीय माछा बजारमा दिन नसकेको बताउनुभयो ।
बैठकमा नेपाल मत्स्य पालन किसान संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले माछा पालन गर्ने किसानलाई प्रोत्साहन गर्न सकारात्मक नीति बनाइदिन आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उखु किसानलाई अनुदान दिन माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्