Techie IT
शनिबार, वैशाख २७,२०८२

प्रारम्भिक मतदानमा आरके शर्माको पक्षमा उत्साह, आन्तरिक सर्वेक्षणमा आरके नै अगाडि


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा गएरातिदेखि अनलाइन मतदान जारी रहेको छ । जारी मतदानमा अध्यक्षका उम्मेदवार आरके शर्माको पक्षमा उत्साह देखिएको छ । उनी फ्रेस उम्मेदवार र पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै युरोपदेखि अमेरिका क्षेत्रका डेलिगेट्सले पक्षमा मतदान गरेका छन् । यस्तै मध्यपूर्वबाट उनलाई भारी मत परेको बताइएको छ ।
यसैबीच गोप्यरुपमा गरिएको आन्तरिक मत सर्वेक्षणमा आरके तीन जना उम्मेदवार भन्दा अगाडि देखिएका छन् । अध्यक्षका उम्मेदवार रविना थापाले महेश श्रेष्ठलाई समर्थन गर्दासमेत उनी नै अगाडि देखिएका हुन् । आरके भन्दा बद्री केसी पछाडि देखिएका छन् ।
आरके शर्मालाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् ।

एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।
चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ । निर्वाचन समितिका सदस्य चिरञ्जिवि ढकालले आज मध्यरातमा चुनाव सकिएर त्यसको केहीबेरमै अन्तिम नतिजा आउनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #आरके शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:16 am6:44 pm +0545