नेपाल एयरलाइन्सका सबै जहाजहरू सञ्चालनमा
काठमाडौं। ।नेपाल एयरलाइन्सका सबै जहाजहरू आवश्यक मर्मतपछि सञ्चालनमा आएका छन् । गत केही दिनदेखि नेपाल एयरलाइन्सका जहाजहरूमा प्राविधिक समस्या आएसँगै केही जहाज अल्पकालीन ग्राउन्डेड भएका थिए भने जसका कारण उडानहरू प्रभावित भएका थिए ।
एयरलाइन्सले नियमानुसार आवश्यक मर्मत पश्चात् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा असोज २९ गतेदेखि सबै जहाजहरू नियमित उडानमा रहेको जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरूलाई आआफ्नो गन्तव्यमा पुग्न सहज हुने एयरलाइन्सको विश्वास रहेको छ ।
अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रु वर्गमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै एयरलाइन्सले आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान प्रतिबद्धता पनि जनाएको छ ।
यसैबिच कार्यकारी अध्यक्ष युवराज अधिकारीले यस्ता समस्याहरू दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरूलाई कडा निर्देशन दिएका छन् । जहाज ग्राउन्डेड हुनुका कारणहरूबारे स्पष्ट पार्न र कतै कसैको कमी कमजोरी भएमा कडा कारबाही समेत हुने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल एयरलाइन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्