गोरखा ताकुकोट सेवासमाज काठमाडौंको वार्षिकोत्सवको अवसरमा सम्मानसहित विविध कार्यक्रम सम्पन्न

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले २०४० सालदेखी महिला जागरण अभियानमा सकृयरहि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनु हुने दुर्गा गुरुङलाई सम्मान गर्नुभएको छ शनिवार काठमाडौं, खरिबोट स्थित मदर्स ब्याकेटमा गोरखा-ताकुकोट सेवासमाज काठमाडौंको वार्षिकोत्सव कार्यक्रम माझ उहाँले बारपाक सुलिकोट वडा न ५ निवासी दुर्गा गुरुङलाई सम्मान गर्नुभएको हो । प्रमुख अतिथि श्रेष्ठले गुरुङलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । गुरुङले हाल जेष्ठ नागरिक समाज गोरखाको अध्यक्ष रहि सामाजिक कार्य गर्दै आउनुका साथै पिछडिन वाध्य महिला दिदी बहिनीहरूलाई एकबद्द गरी अधिकार र सशक्तिकरण अभियान संचालन, महिला समूह गठन र बचत तथा ॠण सहकारीको स्थापना गरि महिला शिक्षा तथा आय आर्जन लगायतका कार्य गर्दै आउनुभएको छ । कार्यक्रम माझ गोरखा-बारपाक सुलिकोट गाउँपालिका सूर्यज्योती माविबाट उत्कृष्ट अकं ल्याउने सज्ञाय श्रेष्ठ र ताकुकोट माईकोट माबिबाट उत्कृष्ट अकं ल्याउने अनिसा बरामसहित अन्य विद्यार्थीहरूलाई र आजीवन सदस्यका छोराछोरी मध्ये एसईईमा धेरै अकं ल्याउनेहरूलाई नगद सहित सम्मान गरियो । सो अवसरमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ताकुकोट सेवासमाज काठमाडौंको स्मारिका बिमोचन गर्नुका साथै रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविरको उदघाटन समेत गर्नुभयो ।स्वास्थ्य शिविरमा आखा चेकजाच तथा मोतिबिन्दुको अप्रेसन समेत गरिएको थियो ।कार्यक्रममा आजीवन सदस्यहरूको प्रमाणपत्र प्रदानसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्नुहुँदै नेपाल उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले गोरखा-ताकुकोट सेवासमाज काठमाडौं गोरखा जिल्लाको नमुनाको रूपमा स्थापना भएको, सामाजिक नेतृत्व गर्न सक्षम युवाहरू यसमा रहेका र यसले समाजमा राम्रो सन्देश दिएको बताउनुहुँदै राम्रो कार्य गर्दै जाओस भन्ने शुभेच्छासहित शुभकामना व्यक्त गर्दै सरकारलाई पनी सुशासन कायम गर्न सहयोग गर्न आव्हान गर्नुभयो ।
गोरखा-ताकुकोट सेवासमाज काठमाडौं गोरखा बारपाक केन्द्र बिन्दु भएर गएको भुकम्पले तहसनहस भएको गोरखा-ताकुकोटलाई पुन बसोबास गर्न लायकको बनाउन मिलेर केही गरौ भन्ने भावनासहित आफ्नो जन्मभूमिको विकासमा योगदान दिने उदेश्यसहित स्थापना भएको सामाजिक संस्था रहेको र गोरखा-ताकुकोट थातथलो भई काठमाडौमा आई बसोवास गर्ने, विभिन्नपेसा व्यवसाय गर्ने र अध्ययन गर्नेहरूको उपस्थितमा आफ्नो ठाउँलाई केही गर्ने उदेश्यले खोलिएको गोरखा-ताकुकोट सेवासमाज काठमाडौंले धेरै सामाजिक सेवा गर्दै आएको ताकुकोटवासी एवम् युवा नेता धिरज उपरकोटीले जानकारी दिनुभयो । समाजले अन्य काम अन्तर्गत स्वास्थ्य उपचार गर्न आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग, गाईजात्रा, खेलकुद कार्यक्रम, देउसी भैलो कार्यक्रम, अन्य समस्यामा सहयोग एवम् समन्वय गर्ने कार्यहरू गर्दै आएको समेत उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोरखा ताकुकोट सेवासमाज काठमाडौं
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्