Techie IT
शनिबार, वैशाख २७,२०८२

एनआरएनए अध्यक्षमा आरके शर्माद्वारा उम्मेदवारी दर्ता, अध्यक्षका प्रत्याशी बद्री र महेशले दिए शुभकामना


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान उपाध्यक्ष आरके शर्माले उम्मेदवारी दर्ता गराएका छन । शुक्रबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा ९सापकोटा० रहेका छन् । उनलाई उम्मेदवारी दर्तालगत्तै अध्यक्षका प्रत्यासीद्वय बद्री केसी र महेश श्रेष्ठले शुभकामना दिएका छन् । शर्मालाई उम्मेदवारी दर्तापछि एनआरएनए मुख्यालयमै रहेका केसी र श्रेष्ठले शुभकामना दिएका हुन् । जसले एनआरएनएभित्र सौहार्दपूर्ण वातावरणमा चुनावी प्रक्रिया अघि बढिरहेको संकेत गर्ने अभियन्ताहरु बताउँछन् ।

अध्यक्षका प्रत्यासीद्वय केसी र श्रेष्ठले भने मनोनयन दर्ता गराइसकेका छैनन् । एनआरएनएको मनोनयन दर्ताको समय अझै केही दिन रहेको छ ।
शर्मा उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए । तर, उम्मेदवारी भने शुक्रबार शर्माको मात्रै दर्ता गरिएको हो । शर्माको टीमका अन्य उम्मेदवारहरुले भने शनिबारमात्रै उम्मेदवारी दर्ता गराउनेछन् । शर्मा शनिबार चितवन सेवा समाजको कार्यक्रमका लागि चितवन जानुपर्ने भएकाले हतारमा आजै दर्ता गराइएको बताइएको छ ।
शुक्रबार नै पत्रकार सम्मेलन गरेर शर्माले आफूले मध्यपूर्वसहित संसारभरका एनआरएनएको हितका लागि काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । उनले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन् । एक महिनामा एक बाचा पुरा गर्नेगरी २४ महिने कार्यकालमा गर्ने २४ कामको विवरणलाई उनले २४ बुँदे बाचापत्रमा समेटेका छन् । मध्यपूर्वबाट पहिलो पटक नेतृत्वमा दाबीसहित सशक्र उम्मेदवारी दिएका उनको पक्षमा राम्रो माहोल रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आरके शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:16 am6:44 pm +0545