Techie IT
शनिबार, वैशाख २७,२०८२

मलेसियामा पीडित नेपाली श्रमिकका लागि एनआरएनए अध्यक्ष प्रत्याशी आरके शर्माले गरे ४ लाख सहयोग


काठमाडौँ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ९एनआरएनए० आईसिसिको नजिकिदै गरेको ११औं महाधिवेशनमा अध्यक्षका प्रत्याशी उम्मेदवार राजेन्द्र कुमार शर्मा (आरके) ले एनआरएनए एनसिसि मलेसियालाई नेपाली रु।४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

केहि महिना पहिले एनआरएनए मलेसियाद्वारा आयोजित एक कार्यक्रमका बीच उपस्थिति जनाएका बेला अध्यक्ष प्रत्याशी उम्मेदवार आरके शर्माले कार्यक्रमको मञ्चबाटै एनसिसि मलेसियालाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

सोही प्रतिबद्धता अनुसार अध्यक्ष उम्मेदवार शर्माले एनसिसि मलेसियाको कार्यालय अफिस ब्यवस्थापन, मलेसियामा पीडित नेपाली श्रमिकको उद्दार, सेल्टर हाउस सञ्चालन लगायतमा सहयोग पुगोस् भन्ने हेतुले नेपाली रुपैयाँ रु।४ लाख आर्थिक सहयोग मलेसियालाई पठाइ सहयोग गरेको एनआरएनए एनसिसि मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बुले जानकारी दिनुभयो ।

कोषाध्यक्ष लिम्बुले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार आरके शर्मालाई एनसिसि मलेसियाको तर्फबाट जीतको निम्ति अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ। साथै कोषाध्यक्ष लिम्बुले मलेसियाबाट छनौट हुनुभएका भोटरहरु सबैले अध्यक्ष पदका उम्मेदवार शर्मालाई भोट दिएर जिताउन सार्वजनिक अपिल समेत गर्नुभएको छ ।

अध्यक्ष पदका उम्मेदवार शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छ्न। अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको उनको जिकिर छ ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय रुपमा काम गर्दै आएका छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरेका छन् । हाल उनी संघको आइसिसि उपाध्यक्ष समेत हुन् ।

नेपालको बाग्लुङ जिल्लामा वि।सं। २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए । कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टको रुपमा जागिर सुरु गरे । हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ्न ।


क्याटेगोरी : समाचार
ट्याग : #आरके शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:16 am6:44 pm +0545