Techie IT
शनिबार, वैशाख २७,२०८२

अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु


काठमाडौं । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् ।

अरिङ्गालले टोकेर घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको र सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको बताइएको छ ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएकी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:16 am6:44 pm +0545