Techie IT
शनिबार, वैशाख २७,२०८२

भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी बरामद


नवलपरासी / प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी आज बिहान बरामद गरेको छ ।

५४ वटा बोरा चिनी लु ३ च ४९६६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको अवस्थामा रामग्राम (८ परासीस्थित भैँसी बजारबाट चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।

चेकिङमा रहेको प्रहरी देखेपछि गाडीका चालकले पीकअप भ्यान छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद भएको १ लाख २९ हजार ६ सय मूल्य बराबरको को चिनी पिकप सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाइएको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:16 am6:44 pm +0545