लम्पी स्किनबाट कैलालीमा एक हजार ९८१ पशुको मृत्यु

टीकापुर, कैलाली । कैलालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट एक हजार ९८१ ओटा पशु मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीको तथ्याङ्क अनुसार १३ ओटा स्थानीय तह रहेको कैलालीमा सबै भन्दा बढी मोहन्याल गाउँपालिकाका एक हजार ४२७ ओटा पशु मरेका छन् ।
चुरे गाउँपालिकामा ४६८, गोदावरी नगरपालिकामा ३३, भजनीमा १६, धनगढी उपमहानगरपालिकामा ११, गौरीगंगा नगरपालिकामा ९, वर्दगोरीया गाउँपालिकामा ८, टीकापुर नगरपालिकामा ४, जानकी र कैलारी गाउँपालिकामा २र२ र घोडाघोडी नगरपालिकामा एउटा पशुको मृत्यु भएको छ । मृत्युको यो सङ्ख्या कैलालीमा लम्पी स्किनबाट संक्रमित पशुको ७ दशमलव ५२ प्रतिशत देखिएको छ ।
लम्कीचुहा नगरपालिका र जोशीपुर गाउँपालिकाबाट भने लम्पी स्किनबाट पशु मरेको तथ्याङ्क नआएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीले जानकारी दिएको छ । कैलालीमा २६ हजार ३३२ पशु संक्रमित भएका छन् ।
सबैभन्दा बढी चुरे गाउँपालिकामा २० हजार १०५ पशु संक्रमित भएका छन् । मोहन्याल गाउँपालिकामा २ हजार ७७०, धनगढी उपमहानगरपालिकामा एक हजार ५०, गोदावरी नगरपालिकामा ९२८, भजनी नगरपालिकामा ८५३ पशुमा लम्पी स्किन संक्रमण भएको देखिएको छ ।
यस्तै जोशीपुर गाउँपालिकामा २९८, घोडाघोडी नगरपालिकामा १९९, गौरीगंगा नगरपालिकामा १९२, वर्दगोरीया गाउँपालिकामा ७०, टीकापुर नगरपालिकामा ६५, लम्कीचुहा नगरपालिकामा ३८, जानकी गाउँपालिकामा २० र कैलारी गाउँपालिकामा १४ ओटा पशुमा संक्रमण देखिएको स्थानीय तहहरुले तथ्याङ्क उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीका योजना तथा सूचना अधिकृत लालबहादुर बोहराले जानकारी दिनुभयो ।
जिल्लामा २६ हजार ३३२ ओटा पशुमा संक्रमण देखिएर एक हजार ९८१ ओटा पशुको मृत्यु भएपनि खोप भने ५ हजार ८ सय पशुलाई मात्र लगाइएको देखिन्छ । यो तथ्याङ्क हेर्दा जिल्लामा संक्रमित पशुको २२ दशमलव ०२ प्रतिसतले मात्र लम्पी स्किनको खोप लगाएको देखिन्छ । अन्यलाई खोप लगाएको पाइँदैन ।
जिल्लाका १३ ओटै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिए पनि ५ ओटा स्थानीय तहमा मात्र खोप लगाएको देखिन्छ । सबै भन्दा बढी धनगढी उप–महानगरपालिकामा २ हजार, टीकापुर नगरपालिकामा १८ सय, घोडाघोडी नगरपालिकामा एक हजार, जानकी गाउँपालिका र गोदावरी नगरपालिकामा ५र५ सय पशुमा लम्पी स्किनको खोप लगाएको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीसँग छ ।
जिल्ला अस्पतालमा ५ हजार ८ सय मात्रा मात्र खोप आएकाले जो जो स्थानीय तहले पहिले माग ग¥यो तिनै स्थानीय तहलाई दिँदा त्यतिवेला खोप सकिएकाले अरू स्थानीय तहमा खोप अपुग भएको सूचना अधिकृत बोहराले बताउनु भयो ।
अहिले पनि सरकारले खोप खरिद गरिरहेकाले जिल्लामा खोप आउने बित्तिकै जुन स्थानीय तहमा खोप आवश्यक छ त्यहाँ खोप पठाउने तयारी भइरहेको र अहिले पहिलेको जस्तो सङ्क्रमणको अवस्था पनि नदेखिएको अधिकृत बोहराको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लम्पी स्किन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्