एनआरएनए मध्यपूर्व डिआरसीमा पुर्णबहादुर पोखरियाको उम्मेदवारी घोषणा

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपुर्व उपसंयोजकमा पुर्णबहादुर पोखरियाले उम्मेदवारी दिने घोषणा गरेका छन । कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा (२०२३–०२५) कार्यकालको लागि मध्यपुर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सन २००५ मा कतार प्रवेश गरेर निरन्तर नेपाल र नेपालीहरुको हितमा आफूलाई समर्पित गरिरहेका पोखरियाले मध्यपुर्वमा हुने हरेक सामाजिक अभियानहरुमा आफ्नो सहभागिता रहेको र भविष्यमा पनि निरन्तर रहने बताएका छन । ‘एनआरएनएको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिहरुमा बसेर काम गरेको अनुभवहरुलाई मध्यपुर्वको हकहितमा म हैन हामी बनेर समर्पित गर्न चाहन्छु ।मध्यपुर्वको सबै देशहरुलाई समान आँखाहरुले प्रेम र सद्धभाव गर्नेछु । हामी बसेको देश रेमिट्यान्सको मुहान हो ।
श्रमिकहरुको देश हो । श्रमिक र श्रमलाई प्रेमिल आँखाहरुले सम्मान गर्ने हैसियतमा पुर्याउने छौं । हामी सामूहिक योजना र कार्यमा विश्वास राख्नेछौँ पोखरियाले भने । मेरो उम्मेदवारीलाई मध्यपूर्वमा रहेका सबै नेपालीहरुलाई समर्थन गर्न पोखरियाले अनुरोध गरे । मध्यपुर्वका नेपालीहरुको आवाज, समस्या र प्रगति हाम्रो हुनेछन । आफु सम्पुर्ण रुपले मध्यपुर्वमा रहेका नेपालीहरुको सहयात्री भएर यात्रा गर्नेछु । यो यात्रालाई सफल बनाउनको लागि मध्यपुर्वका नेपालीहरुको अमूल्य मत र सहयोगको अपेक्षा राख्दै मेरो जीतलाई हाम्रो जीत बनाउन पोखरियाले अनुरोध गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्