कानूनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा गरिएको छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानूनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानून बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरित र कानूनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको विरोध गर्नुभएको हो । उहाँले सरकारले बद्नियतका साथ निर्णय गरेको बताउनुभयो ।
सांसद थापाले गम्भिर अपराधमा दोषि ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो । सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उहाँले यसको जवाफ सरकारले दिनैपर्ने बताउनुभयो ।
सांसद थापाले कानूनको छिद्रबाट यस्तो प्रकारको माफी दिइने गरेको भन्दै कानूनी छिद्र टाल्नुपर्ने बताउनुभयो । यसको लागि अपव्याख्या नहुनेगरी एकीकृत कानून बनाउनुपर्ने बताउनुभयो ।
सांसद थापाले फागुन ७ गतेभन्दा अगाडी नै कानून बनाउनुपर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिनु नहुने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्