राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिक बिच भेटवार्ता भएको छ ।
अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका सभामुख डिक बिच सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो ।
भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताउनुभयो । नेपाल र अस्ट्रेलिया बिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अष्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुसी ब्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएकाले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नु आवश्यक रहेको बताउँदै दुवै देशको संसदमा मैत्री समूहहरूले दुई देशका संसद्हरूबिचको सम्बन्धलाई थप गतिशील बनाउने अपेक्षा गरेको छु भन्नुभयो ।
अस्ट्रेलियाले नेपालको सामाजिक–आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अस्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि ब्यक्त गर्नुभयो । “सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकता रहेकोले त्यसपनि अस्ट्रेलिया सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास लिएको छु”, उहाँले भन्नुभयो “अस्ट्रेलियाले स्वास्थ्य, शिक्षा, स्थानीय सरकारको क्षमता विस्तार आदि क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्न चाहन्छु, साथै कृषि र वन क्षेत्रमा थप सहयोग र सहकार्यको अपेक्षा गर्दछु।”
अध्यक्ष तिमिल्सिनाले अस्ट्रेलियामा ६० हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अस्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक छ भन्नुभयो ।
भेटमा अष्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अस्ट्रेलियामा सङ्घीयताको अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले अस्ट्रेलियाले सङ्घीयता कार्यान्वयनका क्रममा हाँसिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुनेछ भन्ने विश्वास ब्यक्त गर्नुभयो । सभामुख डिकले नेपालसँग रहेको सुमधुर सम्बन्धलाई अझै उचाइमा पुग्ने विश्वास ब्यक्त गर्दै संसदीय अनुभव आदानप्रदानबाट नेपालको सङ्घीयतालाई मजबुद बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्