नेपालगन्जमा लागेको कर्फ्युका कारण घर फर्किएका नेपाली नाकामै अलपत्र

बाँके । नेपालगञ्जमा हिजोदेखि लागेको कर्फ्युका कारण भारतबाट फर्किएका धेरै नेपाली जमुनाहा नाकामा रोकिएका छन् ।
भारतको विभिन्न ठाउँबाट दशैं मनाउन घर आएका नेपाली जारी कर्फ्युका कारण नाकामै रोकिएका हुन् । नेपालगञ्जमा मङ्गलवार दिउँसो १ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरुलाई गाडी मगाएर पठाउने काम भइरहेको जानकारी दिनुभयो । प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्याउने जनाएको छ ।
स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ ।
नेपालगञ्ज आज बिहान शान्त देखिएको छ । सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन ।
प्रहरी प्रवक्ता डाँगीले जरुरी काममा बाहेक बाहिर ननिस्किन आग्रह गरेको र जरुरी काममा निस्केकालाई सहजीकरण गरेर पठाउने गरेको बताउनुभयो । कर्फ्युकै कारण भारतको लखनौ र डिल्ली जाने बिरामीहरू पनि हिजोदेखि नेपालगन्जमा अलपत्र परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली जमुनाहा नाकामा रोकिए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्