एमसीसीकी सीईओ अल्ब्राइट र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, असोज १६ । एमसीसी परियोजनाकी ग्लोबल सीईओ एलिस अल्ब्राइट र (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । ओली र अल्ब्राइटबीच एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा सोमबार भेटवार्ता भएको हो।
दुई जनाको भेटवार्तामा एमसीसी कार्यान्वयनबारे छलफल भएको बताइएको छ। भेटमा एमाले अध्यक्ष ओलीले परियोजना सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखेका छन् ।
जवाफमा अल्ब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् । अल्ब्राइट अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएकी हुन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्