खुँडा हान्ने अपराधीलाई पुरस्कृत गरेको भन्दै अध्यक्ष ओलीको आक्रोश
काठमाडौं,१६ असोज । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको कार्यशैलीलाई लिएर आक्रोश व्यक्त गरेका छ्न ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन्। उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्या गरेको आरोपमा जेल सजाय काटिरहेका दोषी रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा माफी दिएर सरकारले अराजकता निम्त्याएको भन्दै सरकार विरुद्ध खनिएका छ्न ।
रिगललाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको उनले बताए।
‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ रु किन सम्मानित गरिन्छ ।’
उता पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाए।
‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो। तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ’, उनले भने, ‘अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’
एसिड पीडितलाई न्याय दिन संसद नबसेका बेला आफूले अध्यादेशबाट कानुन बनाएको उनले बताए । ‘कानुन त कडा बनाएको हुँ । महिला खुसी भएका थिए,’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्