नेपालगञ्जमा मोबाइलको नेटवर्क बन्द गर्न सांसद जबराको माग

काठमाडौं, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले नेपालगञ्जमा मोबाइलको नेटवर्क बन्द गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले साम्प्रादयिक हिंसा भड्किने सम्भावना रहेकाले मोबाइल नेटवर्क बन्द गर्न माग गरेका हुन् ।
‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको छ । चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् । हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु’, उनले भने, ‘देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु ।’
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच हिंसा भड्किन सक्ने देखिएकाले स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धवल शमशेर जबरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्