Techie IT
शनिबार, वैशाख २७,२०८२

एनआरएनए उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी घोषणा


काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल उपमहासचिव रहेका केसीले सन् २०२३–२५ को कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘वर्तमान कार्यसमितिमा सबैको चाहनाअनुसार म उपमहासचिव पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैको सुझाब र सल्लाहानुसर आउँदै गरेको २०२३–२५ का निर्वाचनमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, केसीले भने । उनले आगामी कार्यकालको लागि आफ्ना योजनाहरू पनि अघि सारेका छन् ।

नेपालीको पहिचान भनेकै नेपाली भाषा, कला र संस्कृति भएको उल्लेख गर्दै केसीले यसको संरक्षण र संम्बद्र्धन गर्दै दोस्रो पुस्तामा हस्तान्तरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरी वैदेशिक रोजगारीमा नेपालबाट विश्वव्यापी ठुलो श्रम बाहिरिने हुँदा विदेशी ज्ञान, सीप र प्रविधिको अभावमा काम गर्ने नेपालीहरूले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य भएको भन्दै केसीले उनीहरूको सिप अभिवृद्धि गरी सिप अनुसारको उचित पारिश्रमिक दिलाउन देशभरका सातै प्रदेशमा स्किल तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी हस्पिटालिटी क्षेत्रमा लगानी भित्र्याउन विशेष पहल गर्दै नेपाललाई पर्यटकीय माध्यमबाट विश्वभर परिचय गराउन पहल गर्ने पनि प्रतिबद्धता जनाएका छन् । यस्तै जन्मभूमि र प्रवासी नेपालीको हितमा निरन्तर काम गर्नका लागि संघको विधान र मर्म अनुसार काम गर्ने, अग्रजहरूको सम्मान गर्दै संस्थालाई अग्रसर गराउन गराउने उनको प्रतिबद्धता छ । सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका उनले आफूले आर्जन गरेको अनुभव एनआरएनको माध्यमबाट इमानदारिताका साथ नेपाल र नेपालीको लागि समर्पण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विगतमा जस्तै यस पटक पनि सबैको माया, साथ र सहयोगको पाउने विश्वाससमेत लिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गणेश केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Fair
5:16 am6:44 pm +0545