दीपक खड्काद्वारा जिल्ला सभापतिबाट राजीनामा
काठमाडौं, १० असोज । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले सभापति पदबाट राजीनामा दिएका छन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवासमक्ष जिल्ला सभापतिबाट राजीनामा बुझाएका हुन् । उनले आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय काठमाडौंमा नै बस्नुपर्ने बाध्यता भएकोले जिल्लामा पार्टीको संगठन विस्तारमा समय दिन नसकेको कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।
उनले सभापति देउवालाई बुझाएको राजीनामापत्रमा भनिएको छ–‘म हाल प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएको कारण काठमाडौंमा नै धेरै समय बिताउनुपर्ने अवस्था छ । जसकाकारण जिल्लाको पार्टी संगठनलाई चाहेरपनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ ।’
उनले पार्टी संगठन सुदृढ गर्न सहज होस भन्ने असल चाहानाले नै आफूले कांग्रेस जिल्ला कार्यसमितिको सभापतिबाट राजीनामा दिने निर्णय गरेको स्पष्ट पारेका छन् । उनले थप भनेका छन्–‘अतः मेरो राजीनामा स्विकृत गरी विधानबमोजिम जिल्लाका अन्य साथीहरुबाट सभापति चयन गरी पार्टी संगठन सुदृढीकरणमा परिचालन गर्नु गराउनुहुन अनुरोध गर्दछु । म जिल्ला सभापति पदमा नरहेतापनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टीको बफादार सिपाहीको रुपमा निरन्तर पार्टी र जनताको काममा क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #दीपक खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्