Techie IT
शनिबार, वैशाख २७,२०८२

विनोद चौधरीको कम्पनीमा भारतीय आयकरको छापा


काठमाडौं, १० असोज । नेपालका उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

विभागले नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप ९सीजी०का तीन कम्पनीमा छापा मारेको हो । विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ ।

आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका रहेको छ ।

विभागले छापा मार्दा महत्त्वपूर्ण कागजातहरू पनि बरामद गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विनोद चौधरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:15 am6:44 pm +0545