अलपत्र परेका चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु गयो
काठमाडौं । समिट एयरले टिकट काटिसकेका चिकित्सकहरुलाई छोडेर नेकपा माओवादीका नेताहरुलाई मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज ल्याएपछि चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु पठाइएको छ ।
१६ जना सचिकित्ससको टोली गत हप्ता जुम्लामा कर्णाली एकेडमी हेल्थ साइन्सको कार्यपत्र प्रस्तुत गर्न गएको थियो । उनीहरुले काठमाडौबाट जाने बेलामै जाने आउने दुबैतर्फको टिकट काटेका थिए । तर जहाज उड्ने बेलामा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरूलाई जहाजमा चढाएपछि चिकित्सकहरु उतै छुटेका थिए ।
माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएपछि विमान चित्सिकलाई छोडेर नेपालगञ्ज तर्फ उडेको थियो । माओवादी नेता चढाएर चिकित्सक उतै छुटेको खबरपछि पर्यटनमन्त्री सुदा किराँतीले चिकित्सकहरुलाई लिन नेपाल एयसलाइन्सको विमान पठाइएको जानकारी दिनुभएको हो ।
मन्त्री किराँतीले मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनाएको र गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको सामाजिक संजालमार्फत जानकारी दिनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल एयरलाइन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्