राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जानकी मन्दिरको दर्शन तथा विशेष पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिरको दर्शन गरेका छन् । उनले बिहान जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका हुन् ।
दर्शकासाथै उनले जानकी मन्दिरमा पूजाअर्चना र प्रसाद ग्रहण गरे । उनलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा अर्चना गराएका थिएइ । उनीसँगै प्रथम महिला सविता पौडेलसमेत पूजामा सरिक भएकी थिइन् ।
राष्ट्रपति पौडेल करिब ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चनामा सहभागी भएका थिए । राष्ट्रपति पौडेल ६ दशकदेखि अनवरत रुपमा हुँदै आइरहेको सीताराम राम संकिर्तनमा समेत केहीबेर सहभागी भए ।
राष्ट्रपति पौडेलसँगै नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वमन्त्री रामकृष्ण यादव थिए ।
जानकी मन्दिरको पूजा सकिएपछि राष्ट्रपति पौडेल मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको निवासमा विश्रामका लागि गएका छन् । आजै दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
२३ वर्षको लामो प्रतिक्षापछि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको राष्ट्रपति पौडेलले उद्घाटन गरेपछि सोही भवनको सभा हलमा उनलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
उपमहानगरले राष्ट्रपति पौडेललाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रसहित अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्