राहत शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं, ६ असोज । सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।
हिजो शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर, समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरू आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरूले बताएका छन् ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरूको भनाइ छ । सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको बताएका छन् ।
उनीहरुले वार्ताका क्रममा आफूहरूलाई गृहमन्त्रीले दुव्र्यवहार गरेको आरोपलगायका छन् । त्यस्तै राहत शिक्षकहरुले आफ्ना मागहरू पूरा नभएसम्म विद्यालयहरू नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राहत शिक्षक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्