Techie IT
आईतबार, वैशाख २८,२०८२

 संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ६७० कैदीको सजाय मिनाहा


काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० कैदीको सजाय मिनाहा गरेका छन् ।

मन्त्रिपरिषद्‌को भदौ २९ गतेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले कैदीहरुको कैद मिनाहा गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गर्दै असोज ३ गतेदेखि लागु हुने गरी कैदीको कैद मिनाह गरेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन् ।

राष्ट्रपति पौडेलले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेका हुन् । ‘भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बूसमेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत जम्मा तीनजना गरी कुल जम्मा ६७० कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने मन्त्रिपरिषद्को मिति २०८०/०५/२९ को बैठकको सिफारिसबमोजिम मिति २०८०/०६/०३ गतेदेखि लागु हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:15 am6:44 pm +0545