संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ ।
एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेका उल्लेख गर्नुभयो ।
“कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।”
अध्यक्ष ओलीले देशको उन्नति तथा जनताको एकताका लागि विभाजनकारी प्रवृत्ति र जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्टिय एकतामा खलल पुर्याउने प्रवृत्ति कुनै राजनीतिक मतभावको हिसाबले गरिने त्यस्ता खालका क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको उल्लेख गर्दै एकतालाई कमजोर पार्न नहुने विचार व्यक्त गर्नुभयो । नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताउनुभयो ।
“राष्ट्रिय एकताका साथ सिङ्गो देश एकजुट भएर राष्ट्रका लागि सही बाटोमा अगाडि बढाँै भन्ने दिवसले आग्रह गर्दछ”, उहाँले भन्नुभयो । संविधान दिवस एउटा पार्टी, जाति विशेषको नभई सम्पूर्ण जनताको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेतासमेत सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्