फोटोग्राफर संघको १५औँ साधारणसभा भव्यताका साथ सम्पन्न , नयाँ कार्यसमिति चयन

काठमाण्डौ । फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार अर्पण ब्यङक्वैट नयाँ बानेश्वरमा भएको अधिवेशनबाट उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे ,सचिवमा रेशमराज पण्डित ,सह सचिव रण बाहादुर श्रेष्ठ , कोषध्यक्ष सुशील ज्ञावाली निर्वाचित भएका हुन।
आठ सय भन्दा बढि सदस्य रहेका उक्त सस्थाको काठमाडौ,भक्तपुर र ललितपुरका साथै विभिन्न प्रदेशमा आफ्ना सदस्य र कार्य समिति रहेका छन् । काठमाण्डौ फोटोग्राफर संघ २०६५ सालमा स्थापना भएको हो । काठमाडौंमा सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा दुई बर्षको निम्ति कार्यसमिति निर्वाचित गरेको छ्।
नवनिर्वाचित अध्यक्ष हरि प्रसाद घिमिरे लामो समय देखि फोटोग्राफी र फोटोग्राफरका बिभिन्न मुद्दा सदस्यका हितको बिषयमा छलफल अन्तरक्रिया,रचनात्मक क्रियाकलाप र तालिम गोष्ठी आयोजना गर्दै आएका छन् । उनको आगामी योजना देश भरिकै फोटोग्राफरहरुलाई एकिकृति गरी साझा मुद्दामा नीति निर्माणको तहमा रहेका ब्यक्तिहरुलाई ध्यान आर्कषण गराउने बताएका छ्न् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #फोटोग्राफर संघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्