गोरखामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
गोरखामा शनिवार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराईमा शनिवार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २७ बर्षिय रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ । भच्चेक बजारबाट गोरखातर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्वरको बस र विपरित दिशाबाट जादै गरेको ग ७ प १५१० नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । बस चालक गोरखा नगरपालिका–९ का रेशम गुरुङ र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गोरखा नगरपालिका वडा नम्वर ३ नारेश्वरमा शनिवार बिहान करिव साढे सात बजे भएको ट्याक्टर दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर चालक पालुङटार नगरपालिका–९ मिरकोटका महेश थापा र ट्याक्टरमा सवार सप्तरी घर भइ हाल नारेश्वर बस्ने रामबिलास यादव रहेका छन् ।
त्यस्तै पैदलयात्री नारेश्वरका ७४ बर्षिय भुवनबहादुर थापा र ५० बर्षिय भोजराज ढकाल पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागी काठमाण्डौ रिफर गरिएको छ ।
ट्याक्टर चालक थापा र ट्याक्टरमा सवार यादव भने गोरखा अस्पतालमा उपचार पश्चात डिस्चार्ज भइसकेको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार वालुवा बोकेर गोरखा बजारबाट नारेश्वर जाँदै गरेको ना ५ त ६०७७ नम्वरको ट्याक्टरको अगाडीको दुई वटै टायर पड्किएर अनियन्त्रित भइ सडकको नालामा पल्टिएर दुर्घटना भएको हो । दरौँदी दैनिक पत्रिका
क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्