Techie IT
आईतबार, वैशाख २८,२०८२

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक


काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६५ रुपैयाँ ८७ पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ ७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ३ पैसा, बिक्रीदर ९८ रुपैयाँ ७५ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ २ पैसामा काराेबार भइरहदाँ दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ४ पैसामा काराेबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ र बिक्री दर ३५.५६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।

साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२९.८२ पैसा र विक्रीदर ४३१.७६ पैसा पुगेकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विदेशी मुद्रा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545