अन्तराष्ट्रिय चितवन समाजको विश्व सम्मेलन अक्टुबर १४ मा भरतपुरमा,सम्पुर्ण तयारी पुरा

भरतपुर , चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा साधारण सभा अक्टुबर १४ मा स्मार्ट बैंकट भरतपुर चितवनमा हुने भएको छ ।
उक्त सम्मेलनबाट चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लगाएतको रहेको अध्यक्ष समिर केसीले बताए । उक्त सम्मेलनको तयारी लगभग पुरा भएको केसीले बताए ।
पाँचौ विश्व सम्मेलन तथा साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष केसीले बताए ।
चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराका साथ वि।सं। २०६८ सालमा स्थापना भएको यस संस्थाले शैक्षिक विकास,गरिबी निवारण, प्राकृतिक विपत्तिमा मानवीय सहयोग, चेतना विस्तार लगायतका क्षेत्रमा धेरै काम गर्दै आइरहेको छ । विश्वभरी रहेका चितवनेहरुलाई एकजुट बनाउन सँस्था लागेको अध्यक्ष केसी बताउछन । विश्वभरी रहेका रोजगार, अध्ययन, अध्यापन,ब्यावसायमा रहेका चितवनवासीलाई उक्त सम्मेलनमा भाग लिन अध्यक्ष समिर खत्रीले आबहान गरेका छन ।
उक्त कार्यक्रममा चितवनको विकास,बैदेशिक रोजगारका समस्या र समाधान,बिश्वमा रहेका चितवनवासीहरुको एकताको वारेमा चर्चा हुने छ । यो समाज विश्वका दर्जनौ देशमा संचालनमा रहेको छ भने समाजले चितवनेको लागी धेरै उत्कृस्ट कार्य पनि गर्दै आइरहेको छ ।
उक्त सम्मेलनमा बिश्वमा रहेका चितवनेलाई उपस्थितिको लागी अध्यक्ष केसीले आग्रह गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अन्तराष्ट्रिय चितवन समाज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्