सुवास नेम्वाङपार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र हुनुहुन्थ्योः अध्यक्ष ओली
काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभइ नेम्वाङ आफ्ना लागि हितैषी मित्र र सुख दुःखको साथी थिए भन्दै लोकतान्त्रिक संविधान निर्माण गर्न उनले पुर्याएको योगदान सधैं सम्झिरहने उल्लेख गरेका छन् ।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी ’ अध्यक्ष ओलीले भनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्