चीन भ्रमणमा रहेको एमाले टोली माओ त्सेतुङको समाधिस्थलमा
काठमाडौं, २४ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित चीनको राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओ त्सेतुङको समाधिस्थल (पार्थिव शरीर) राखिएको स्थलको अवलोकन गरेका छन् ।
आज बिहान आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित महासचिव पोखरेलले माओ त्सेतुङको समाधिस्थल राखिएको स्थलको अवलोकन गरेका हुन् ।
माओको पार्थिव शरीर राखिएको स्थलमा पुगेका पोखरेलसहित भ्रमण टोलीका नेताहरुले पुष्प गुच्छासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।
यसअघि हिजो शनिबार महासचिव पोखरेलको टोलीले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेका थिए ।
उच्चस्तरीय भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेताहरु सहभागि छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चिनियाँ कम्युनिष्ट पार्टी, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्