एमाले अध्यक्ष केपी ओली र अमेरिकी सिनेटरबीच भेटवार्ता
काठमाडौँ/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो भएको भेटवार्तामा एमसीसी सम्झौता र नेपालको शान्ति प्रक्रियाबारे कुराकानी भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनु भयो।
भेटमा होलेनले दुई देशबीचको सम्बन्ध विस्तार र सहयोग आदान प्रदानलाई निरन्तरता दिँदै अघि बढ्न अमेरिका तयार रहेको बताउनु भयो । उहाँले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ भनेर चासो समेत राख्नु भएको थियो। त्यसक्रममा उहाँले एमसीसी कार्यान्वयनमा गएकोमा नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई धन्यवाद दिनु भयो। जवाफमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन आफू प्रधानमन्त्री भएकै बेलादेखि सो सम्बन्धी विधेयक अघि बढाएको बताउनु भयो।
‘शान्ति प्रक्रिया हाम्रो सरकारको हुदाँ नै यसलाई टुंगोमा पुर्याउने प्रयास गरेको हाम्रो अध्यक्ष तथा संसदीय दलको नेताले प्रष्ट राख्नु भयो। अहिले पनि संसदमा विधेयक आइसकेको छ। अव अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्नु पर्छ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता नेम्वाङले जानकारी दिनु भयो।
भेटवार्तामा एमालेका उपमहासचिव विष्णु रिमाल र अन्जान शाक्य समेत सहभागी हुनुहुन्थ्यो । होलेनसँग नेपालस्थित अमेरिकी दूतावासका अधिकारी समेत हुनुहुन्थ्यो।
गत शुक्रबार नेपाल आएका होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य रहेका छन् । हेलेनले आइतबार नै सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्नु भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्