काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा उडान गर्दे नेपाल एयरलाइन्स
काठमाडौं । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ ।
एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ ।
१२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक मंगलबार हङकङ र दिल्लीका लागि पनि एयरलाइन्सले भैरहवाबाट टिकट बुकिङ खोलेको थियो । अब सोही रुटलाई विस्तार गर्दै भैरहवाबाट बैंगलौरका लागि पनि बुकिङ खुल्ला गरेको निगमले जनाएको छ ।
नयाँ उडान तालिकाअनुसार हरेक मंगलबार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । सो जहाजमा आएका यात्रुहरु हङकङ जाने भए सोही दिनको ११ बजेको उडानमा हङकङ पठाइने छ भने दिल्ली जाने यात्रुलाई १ बजेर २५ मिनेटको उडानमा दिल्ली पठाइने एयरलाइन्सले जनाएको छ ।
यस्तै १ बजेर २५ मिनेटकै अर्को उडानमा बैंगलौरका लागि उडान गरिने एयरलाइनसका प्रवक्ता रमेश पौडेलले बताए । एयरलाइन्सले यात्रु चेकिङकै क्रममा गन्तव्यसम्मकै बोर्डिङ पास उपलब्ध गराउने र यात्रुहरुको लगेज सिधै गन्तव्य मुलुकमै पुग्ने पनि जनाएको छ ।
यात्रुहरुले नेपाल एयरलाइन्सको वेवसाइट वा ट्राफभल एजेन्सीबाट टिकट काट्न सकिने पनि एयरलाइन्सले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल एयरलाइन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्