पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।आइतबार राति १ बजे तानसेन(तम्घास सडक खण्डमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका(२ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर भित्तामा ठोक्किएको थियो।
दुर्घटनपछि गम्भीर घाइते अवस्थामा घर्तीलाई तानसेन स्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी थापाले जानकारी दिए।
मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका(१ का २८ वर्षीय प्रकाश थारू घाइते छन्।
उनको मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए।दुर्घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्